निष्काशन बन्द भएको ३७ घण्टामै आरम्भको सेयर बाँडफाँड, २७ हजारले पाए १० कित्ता

  २०७४ फागुन २३ गते १४:२१     मञ्जरी पौडेल

काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको आईपीओ निष्काशन बन्द भएको ३७ घण्टामै सेयर बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार कुल आवेदक मध्ये २७ हजार ४८ जनाले १० कित्ताको दरले सेयर पाएका छन् ।

उक्त आईपीओमा कुल १ लाख ८६ हजार ३८ जना आवेदकले १ करोड १८ लाख ७८ हजार ७५० कित्ताका लागि आवेदन दिएका थिए । यस मध्ये २६ करोड १४ हजार ८८० कित्ता सेयर खरिदका लागि २६ करोड १४ लाख ८८ हजार बराबरको ४३ हजार ४५६ वटा आवेदन मेरो सेयर मार्फत प्राप्त भएको हो । यसमध्ये एक भन्दा बढी डिम्याट खाता प्रयोग गरी आवेदन गरिएका ३८५ वटा आवेदन रद्ध भएका छन् । यसमा ४३.८३ प्रतिशत बढी आवेदन परेको छ ।

सेन्ट्रलाइज्ड आस्वा अर्थात सी आस्वा प्रणाली सुरु भएपछि निष्काशन बन्द भएकाे छाेटाे अवधिमै सेयर बाँडफाँड भएकाे हाे । कम्पनीको गत सोमबार अर्थात फागुन २१ गते आईपीओको निष्काशन बन्द भएको थियो ।

भारतमा भन्दा चाँडोः कार्की

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले भारतमा भन्दा पनि चाँडो सेयर बाँडफाँड को इतिहास रचेको बताए । भारतमा निष्काशन बन्द भएको ६ दिनभित्र सेयर बाँडफाँड गर्ने प्रचलन रहेको तर नेपालमा ३७ घण्टामै बाडफाँट गरेर इतिहास रचेको दावी उनको थियो ।

सिडिएसका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले पनि प्राथमिक सेयरको आवेदन र बाँडफाँडमा नजिर स्थापित गरेको दावी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.