रानीपोखरी पुननिर्माणमा महानगरपालिकाले पुरातत्व विभागलाई पत्र काट्यो

  २०७४ फागुन २३ गते १३:०९     राजाराम न्यौपाने

काठमाडौं । काठमाडौं महानगरपालिकाले पुरातत्व विभागलाई ड्रोइङ, डिजाईनिङ र स्टमेटको लागि पत्र पठाएको छ । सम्पदा बचाउ अभियानमा लागेका व्यक्तिहरुले नियम विपरीत रानीपोखरीको पुनःनिर्माण गर्न खोजिएको आरोप सहित फौज्दारी मुद्दा दर्ता गरे पछि महानगरले पत्र काटेकाे हाे ।

पुरातत्व विभागका सिनियर डिभिजन इन्जिनियर सम्पत घिमिरले भने, “रानीपोखरीको काम पटक पटक विवादमा आइरहेको थियो । बिचमा बालगोपालेश्वर मन्दिर र छेउमा सौन्दर्यकरण गरि दुई पार्टमा काम सञ्चालन भैरहेको थियो । बालगोपालेश्वर मन्दिर पनि पहिले काठमाडौं महानगरपालिकाले काम गरेको थियो पछि विवाद आएर पुरातत्व विभागले गरेको हो र अहिले काम सञ्चालन भैरहेको पनि छ ।”

उनले भने, “सौन्दर्यकरणको काम काठमाडौं महानगरपालिकाले सम्झौता गरेको हो । अहिले त्यहिनै विवादमा आएको हो । पुरातत्व विभागले सौन्दर्यकरणलाई कुनै किसिमको सम्झौता दिएको छैन । अहिले सौन्दर्यकरणमा आरसीसी प्रयोग गरीयो भनेर विवादमा आएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकारणसँगको छलफलमा नै हाम्रो मैलिकता झल्कने र बलियो पनि हुने गरि पुनःनिर्माण गर्ने छलफल भएको छ ।”

मुद्दा हाल्दा पनि पहिले पुरातत्व विभाग र राष्ट्रिय पुनःनिर्माण प्रधिकारणमा हाल्नु पर्ने हो तर त्यसो नभैकन महानगरीय प्रहरी कार्यालय टेकुमा दर्ता गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.