जेफ बेजोस बने सर्वाधिक धनी, बिल गेट्स दोश्रो नम्बरमा, सेयर कारोबारी वारेन बफेट तेश्रो(सूचिसहित)

  २०७४ फागुन २३ गते ९:१९     विकासन्युज

काठमाडौं । विश्वका सर्वाधिक धनीहरुको सूचि सार्वजनिक भएको छ । गत बर्ष तेश्रो नम्बरमा रहेका जेफ बेजोस पहिलो नम्बरमा आईपुगेका छन भने पहिलो नम्बरका बिल गेट्स दोश्रो नम्बरमा पुगेका छन् । गत बर्ष दोश्रो नम्बमा रहेका सेयर कारोबार वारेन बफेट भने तेश्रो नम्बरमा पुगेका छन् । (सूचि हेर्न यहाँ क्लिक गर्नुहोस्)

गत बर्ष ७२.८ बिलियन अमेरिकी डलर सम्पति रहेका बेजोस यसपाली ११२ बिलियन अमेरिकी डलर कमाउँदै संसारकै सबै भन्दा धनी व्यक्ति बनेका छन् । गत बर्ष ८६ बिलियन डलरसहित एक नम्बरमा रहेक बिल गेट्स भने यसपाली ९० बिलियन अमेरिकी डलरसहित दोश्रो नम्बरमा पुगेका छन् ।

गत बर्ष ७५.६ बिलियन डलरसहित दोश्रो नम्बरमा रहेका वारेन बफेट भने यसपाली तेश्रो नम्बरमा धकेलिएका छन् र उनको सम्पति ८४ बिलियन डलर पुगेको छ ।
संसारका सर्वाधिक धनीमा परेका यी तिनै जना अमेरिकी नागरिक हुन् । सर्वाधिक धनी १० मध्ये सात जना अमेरिकी नागरिक रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.