४५ लाख रुपैयाँसहित भारतीय पक्राउ, हुण्डी कारोबार गरेकाे आशंका

  २०७४ फागुन २२ गते १४:५९     विकासन्युज

विराटनगर । सीमावर्ती भारतीय बजार जोगबनीबाट नेपालतर्फ आउँदै गरेका एक भारतीयलाई ४५ लाख रुपैयाँ नेपाली रकम र गाडीसहित प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा भारत अररिया जिल्ला फारबीसगञ्ज-१ बस्ने ४५ वर्षीय नारायण साहलाई विआर ११ एए ६२६५ नं को भारतीय कारको सिटमुनि विशेष स्थान बनाई उक्त रकम ल्याइरहेका अवस्थामा प्रहरीले जाँचका क्रममा विराटनगर-१५ बाट पक्राउ गरिएको जानकारी दिइएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले कुन प्रयोजनका उक्त रकम नेपाल ल्याइएको हो भन्ने सम्बन्धमा अनुसन्धानपछि सम्पत्ति सुदृढीकरण वा राजश्व अनुसन्धान विभाग काठमाडौँमा आवश्यक कारवाहीका लागि पठाइने बताए। उनले उक्त रकम हुण्डी कारोवारको रकम हुन सक्ने आशंका व्यक्त गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.