३ नम्बर प्रदेशको राजधानी सिन्धुलीको मरिन !

  २०७४ फागुन १५ गते ९:४७     विकासन्युज

काठमाडौं । प्रदेश नम्बर ३ को राजधानी हेटौँडा नरहने भएको छ । प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री केशब स्थापीतले हेटौँडाको विकल्प खोजि भैरहेको बताएका हुन् ।

केहि दिन अघि धादिङमा आयोजीत एक कार्यक्रममा मन्त्री स्थापीतले हेटौँडाको विकल्प खोजी भैरहेको र सिन्धुलीको मरिन गाउँपालिकाबारे छलफल अघि बढेको बताएका हुन् ।

‘हेटौँडाको विकल्प खोज्छौं, जग्गाको भाउ बढ्ने भएकाले ठाउँको नाम भन्दिन्, हामी अध्ययन गरिरहेका छौं’, मन्त्री स्थापीतले भने । उनले सिन्धुलीको मरिन गाउँपालिकामा सरकारी स्वामित्वमा ठुलो जमिन रहेको बताउँदै सोही ठाउँमा प्रदेश मुकाम सार्न सकिने संकेत गरेको श्रोतले बतायो ।

हाल कायम रहेको अस्थाइ राजधानी हेटौडा पायक नपर्ने भन्दै नयाँ ठाउँमा प्रदेशको राजधानी सार्नुपर्ने अडानमा स्थापित रहेका छन् ।

सडक सञ्जाल जोडिएको मरिन सदरमुकाम सिन्धुली र सर्लाहीको लालवन्दीबाट नजिक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.