मुड फ्रेस गर्ने काठमाडौं फन पार्क, अशक्त र बालबालिकालाई नि:शुल्क प्रवेश

  २०७४ फागुन १३ गते १८:२८     सोनी घले

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा अवस्थित काठमाडौं फन पार्क मुड फ्रेस गर्ने पार्कको रुपमा विकसित हुदैँ गएको छ ।


काठमाडौंमा घुमफिर गर्ने धेरै ठाँउ छैन । दुरिको हिसाबले सबैतिरका काठमाडौं बासीलाई सेन्टर पर्ने यस पार्कमा सबै किसिमका उमेर समुहका मानिसहरुले मनोरञ्जन लिन सक्छन् । पार्क युवायुवतीहरुको सबैभन्दा धेरै रोजाईमा पर्ने गरेको छ । दुरीको हिसाबले यो पार्क नजिक रहेको छ, साथीहरुसँग ठुलो रोटे पिङ खेल्न रमाइलो लाग्छ, अहिलेसम्म १४ पटक यो पिङ खेलिसकेँ, राजधानीको पद्ममकन्या क्याम्पसमा स्नातकोत्तर दोस्रो सेमेस्टर अध्ययनरत मन्जु पौडेलले बताइन् ।


पार्कभित्र रहेको विभिन्न मनोरञ्जनात्मक खेलहरु र बाल मैत्री वातावरण पार्कको मुख्य आकर्षण हो । ‘पार्कमा दुई वटा फुटसल ग्राउण्ड र रेलले नयाँ आकर्षण थपेको फुटसल खेलाडी राम कुमार मगरले बताए । म प्राय फुटसल खेल्नका लागि फन पार्क आउने गर्छु, मैले यसभन्दा अघि रेल कहिल्यै चढेको थिइन त्यो सपना यो पार्कले परा गरेको छ’ खेलाडी मगरले भने ।

पार्कमा प्रवेश गर्नको लागि वयस्कलाई ६० विद्याार्थी र ५ देखी १० बर्षसम्मका बालबालिकाहरुलाई ३० रुपैंया रहेको छ । ५ बर्षभन्दा मुनिका बालबालिका, ७० बर्षभन्दा माथिका जेष्ठ नागरिक र सारिरीक रुपमा अशक्त व्यक्तिहरुका लागि भने प्रवेश नि:शुल्क रहेको छ ।


पार्कलाई अझ आकर्षक र आधुनिकिकरण गर्न थप निती तथा योजना बनिरहेको पार्कको व्यवस्थापक बोधराज कट्टेलले बताए । बिदाको दिन र चार्डपर्वको बेलामा १ हजार जनासम्म पार्कमा आउने गरेका छन्,सामान्य दिनमा १ सय जनासम्म मानिस आउने गरेको व्यवस्थापक कट्टेलले जानकारी दिए ।पार्कमा स्विमिङ पुल लगायत अन्य किसिमका मनोरञ्जनात्मक खेलकुद सामाग्रीको निमार्ण गर्न सकिएको खण्डमा अझै मानिसहरुले मनोरञ्जन लिन सक्ने देखिन्छ ।-प्रशिक्षार्थी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.