मान्छेले खाने छुर्पिको मूल्य ८००, कुकुरलाई खुवाईने छुर्पिको मूल्य १६००

  २०७४ फागुन १२ गते ११:००     विकासन्युज

काठमाडौं । तपाई छुर्पि खानुहुन्छ ? तपाईले खाने छुर्पिको गुणस्तर कस्तो छ ? तपाईले खाने छुर्पि कहाँ बनेको हो ? काठमाडौंका व्यस्त सडक पेटीहरुमा नाङ्लो वा घुमन्ते व्यापारीले छुर्पि बेचिरहेको देखिन्छ । उक्त छुर्पिको उत्पादन विधि र गुणस्तर बारे धेरै उपभोक्तालाई थाहा छैन र उपभोक्ताहरु पनि धेरै हुन्छन् ।


छुर्पिको एउटा सानो टुक्राको बजार मूल्य प्रतिगोटा समान्यतया ५ रुपैयाँ पर्र्छ । ललितपुर स्थित छुर्पि उत्पादन गर्ने कम्पनी गोदावरी इन्टरनेशनल प्रालिले यस्तो छुर्पि प्रतिकिलो ८ सय रूपैयाँमा बिक्रेतालाई बेच्छ ।

यो मूल्य सस्तो हो कि महङ्गो ?
महङ्गो होइन सस्तो हो । किनकि मान्छेले खाने छुर्पिभन्दा कुकुरलाई खुवाईने छुर्पि दोब्बरबढी मूल्यमा बिक्री हुन्छ । कम्पनीका लेखापाल ध्रुब शर्माका अनुसार मान्छेले खाने छुर्पि प्रतिकिलो ८ सय रुपैयाँमा बिक्री हुँदा कुकुरलाई खुवाईने छुर्पि प्रतिकिलो १६ सय रुपैयाँमा बिक्री हुन्छ । कुकुरलाई खुवाईने छुर्पि बढी महङ्गो भएपनि सोही छुर्पि धेरै मात्रामा बिक्री हुन्छ ।


सामान्यतया नेपालमा छुर्पि भन्ने वित्तिकै मानिसले खाने पौष्टिक आहार मानिन्छ । तर युरोप, अमेरिका, बेलायत, जापान लगायत देशहरुमा छुर्पि कुकुरको दाना हो । ठूला छुर्पि उत्पादकहरुका अनुसार विकसित देशहरुमा छुर्पि मान्छेले खादैनन् ।

बजारमा मान्छेले खाने छुर्पिको दाना साना–साना चक्लेट जस्तो चौपाटे साईजमा टुक्रा पारेर प्याकेजिङ गरिन्छ र बेचिन्छ । कुकुरले खाने छुर्पि भने खसीको खुट्टी जस्तो लामो र केही मोटो अकारमा बनाइन्छ ।

कुकुरले हड्डी मन पराउने भएकोले हड्डीकै आकारमा कुकुर छुर्पि बनाउने गरेको ध्रुबले बताए । ‘यो हड्डी जस्तै कडा र पोसिलो हुन्छ, कुकुरले यसलाई ज्यादै मनपराएर खाने गरेको छ’, उनले भने ‘विदेशमा मात्रै होइन, काठमाडौंमा पनि धनाढ्यहरुले कुकुरहरुलाई छुर्पि किनेर खुवाउछन् ।’


उक्त गोदावारी इन्टरनेशनल प्रालिको अनुसार दुवै प्रकारका छुर्पि हिमाली क्षेत्रमा पाइने चौरी गाईको दुधबाट बनाइन्छ । प्रशोधनको क्रममा कुकुरलाई खुवाईने छुर्पिमा चिल्लो पदार्थ बढी राखिएको हुन्छ भने मानिसले खाने छुर्पिमा चिल्लो पदार्थको मात्रा कम राखिन्छ ।

पछिल्लो सयम नेपालमा छुर्पि बनाउने कम्पनीहरु खुल्ने क्रम बढ्दै गएको र विदेशमा यस किसिमको छुर्पि निर्यात गर्ने क्रम बढ्दै गएको छुर्पि व्यवसायीहरु बताउछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.