छिटो विद्युत खरिद सम्झौता गर्न सौर्य ऊर्जा उद्यमीको माग

  २०७४ फागुन १० गते १८:२३     विकासन्युज

काठमाडौं । ग्रीड कनेक्टेड सौर्य फोटोभेल्टिक परियोजनाले विद्युत प्रधिकरणसँग छिटो विद्युत खरिद सम्झौता गर्न माग गरेको छ ।
बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी आयोजनाले सोलार विद्युत खरिद गर्न सहमति भएपनि कार्यन्वयन नगरेपछि प्राधिकरणलाई दवाब दिएको हो ।

यसमा प्रति युनिट विद्युतको रु ९.६१ रुपैया तोकिएको थियो । सबै प्रक्रिया सकिए पनि पछिल्लो समय विद्युत महसुल महंगो हुने भन्दै प्रधिकरणले सम्झौता गर्न आलटाल गरेको परियोजनाका संयोजक गुरुप्रसाद न्यौपनेले बताए ।

‘२१ वटा कम्पनीको फाइल कुलमान घिसिङको टेबलमा रहेको छ । फाइल पास गर्ने कि फेल गर्ने अधिकार घिसिङसँगै छ तर यो फाइल किन अघि बढ्दैन ?’ न्यौपानेले प्रश्न गरे ।

यता उर्जा मन्त्रालयले पुन २०७४ मंसिर ६ गते कार्यविधि निर्माण गर्दै प्रतियुनिट सोलार विद्युतको मूल्य ७.३० रुपैया तोकेपछि टेन्डर प्रक्रिया अन्यौलमा परेको हो । आयोजनाले जग्गा समेत किनिसकेको अवस्थामा प्राधिकरणको आलटालले थप समस्या उब्जिएको आयोजनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.