रघुविर र कल्याणीलाई मन्त्री बनाउन दबाव

  २०७४ फागुन ९ गते १७:५४     विकासन्युज

काठमाडौं । केपी नेतृत्वको सरकार गठन भएसँगै मन्त्री बन्ने दौडधुप पनि सुरु भएको छ । तुलनात्मक रुपमा २ नम्बर प्रदेशमा कमजोर देखिएको एमालेले सोही प्रदेशका लागि २ जनालाई मन्त्री बनाउनुपर्ने आवाज उठेको छ । पार्टी कामलाई चुस्त दुरुस्त बनाउन र विकास निर्माणको काम गर्न पनि २ नम्बर प्रदेशबाट २ जनालाई मन्त्री बनाउन कार्यकर्ताले दबाव दिएका हुन् ।

बागमति वारी र पारीको सेन्टिमेन्ट समेत मिलाउन धनुषाका रघुविर महासेठ र रौतहटकी कल्याणी खड्कालाई मन्त्री बनाउन लबिङ सुरु भएको हो । महासेठ एमालेका पोलिटब्युरो सदस्य हुन भने खड्का दोश्रो कार्यकाल एमाले केन्द्रिय कमिटीमा छिन् ।

रघुविरलाई मन्त्री बनाउन दबाव दिनेहरु केपी समक्ष पुगेका छन भने खड्कालाई मन्त्री बनाउन माधव नेपालसम्म दबाव पुगेको छ ।
महासेठ ओलीका विश्वास पात्र हुन भने खड्का माधव नेपाल समुहकी खास नेतृ हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.