घट्यो वैदेशिक रोजगारीमा जाने नेपालीकाे संख्या

  २०७४ फागुन ७ गते १७:४१     विकासन्युज

कागमाडौं । वैदेशिक रोजगरीमा जाने नेपाली कामदारहरुको संख्या घटेको छ । चालु आर्थिक वर्षको ६ महिनाको अबधिमा वैदेशिक रोजगारीको लागि जाने विभिन्न मुलुकमा जाने नेपालीको संख्या १.८ प्रतिशतले घटेको हो ।

नेपाल राष्ट्र बैंकको अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अबधिमा नेपालदेखि विभिन्न मुलुकमा १ लाख ८६ हजार जना वैदेशिक रोजगारीको लागि गएका छन् । जबकी गएको वर्ष सोही अबधिमा हालकोभन्दा बढी १ लाख ८९ हजार कामदार  विदेशिएका थिए ।

गएको छ महिनाको अबधिमा ४८ हजार ९ सय जना रोजगारीको सिलसिलामा कतारमा गएका छन् । गएको वर्ष सोही अबधिमा ६२ हजार ७७६ जना उक्त देशमा पुगेका थिए ।

त्यस्तै गएको ६ महिनाको अबधिमा २३ हजार २८६ जना कामदार साउदी अरब गएका छन् । गएको वर्षको सोही अबधिमा ४४ हजार ४८१ नेपाली कामदार उक्त देश पुगेका थिए । चालु आर्थिक वर्षको छ महिनामा जपान जानेको संख्या ३८५, इजरायल जानेको संख्या ६८ र लेवनानमा ५ जना गएका छन् । गएको वर्ष सोही अबधिमा क्रमशः ती देशहरुमा १ हजार ६२९ जना, ७० र ७६ जना गएकोे राष्ट्र बैंको तथ्याङमा देखिएको छ । जसअनुसार गएको वर्षको तुलनामा गएको ६ महिनामा ती देशहरुमा कम कामदार गएका छन् ।

घट्यो विप्रेषण

बैंकको अनुसार वैदेशिक रोजगरीको लागि जाने नेपालीको संख्या घटेसँगै विप्रेषण पनि घटेको छ । चालु आर्थिक वर्षको छ महिनामाको अबधिमा सून्य दशमलब ५ प्रतिशत ह्रास आएको छ । गएको ६ महिनाको अबधिमा विप्रेषण आप्रवाह ३ खर्ब ४० अर्ब ५४ करोडमा सीमित भएको छ ।

अघिल्लो वर्षको सोही अबधिमा विप्रेषण आप्रवाह ५.७ प्रतिशले बढेको थियो । श्रम स्वीकृतिको आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या (पुन श्रम स्वीकृत बाहेक) राष्ट्र बैंकको समीक्षा अबधिमा १.८ प्रतिशतले घटेको छ । बैंकको अनुसार अघिल्लो वार्षको सोही अबधिमा उक्त संख्या ९.९ प्रतिशत बढेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.