बाजुरामा भोकमरीको संकेत, २५ हजार क्विन्टल खाद्यान्न माग

  २०७४ फागुन ७ गते ११:५९     विकासन्युज

बाजुरा । बाजुराको पूर्वी उत्तरी भेगका खडेरी प्रभावित क्षेत्रमा भोकमरी बढ्न सक्ने भन्दै खाद्यान्नको माग गरिएको छ । स्वामीकार्तिक गाउँपालिकाको वाई, साप्पाटा लगायतका क्षेत्रका लागि जिल्ला दैवी प्रकोप समितिको बैठकले २५ हजार क्विन्टल खाद्यान्न माग गरेको हो ।

खडेरीले बढी प्रभावित बनेका हिमाली, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिका र बूढीनन्दा नगरपालिकाका वासिन्दाले खाद्यान्न माग गरेको प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्रीले बताए ।

४ स्थानीय तहमा सिँचाइ नहुने, हिउँदे बाली नउम्रने र पानीका मूल सुकेर गएका कारण वर्षेनी ५० देखि ६० प्रतिशत उत्पादन घट्दै गएकाले चरम खाद्यान्न अभाव हुनाका साथै भोकमरी हुने सम्भावना देखिएको हो ।

जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकबाट आपूर्ति मन्त्रालयमा पत्र पठाइसकेको जिल्ला दैवी प्रकोप समितिले जनाएको छ । खडेरी प्रभावित क्षेत्रका लागि कबाडी खाद्य डिपो, कोल्टी खाद्य संस्था र मार्तडी खाद्य संंस्थानमार्फत खाद्य ढुवानीका लागि आवश्यक व्यवस्था गर्ने निर्णय गरिएको प्रजिअ क्षेत्रीले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.