सिद्धार्थ बैंकको शाखा सर्लाहीको लालबन्दीमा

  २०७४ फागुन ६ गते १६:२१     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो शाखा सर्लाहीको लालबन्दीमा विस्तार गरेको छ । बैंकले विभिन्न स्थानमा शाखा विस्तार गर्ने क्रममा आइतबारदेखि उक्त स्थानमा स्थापित शाखा सञ्चालनमा ल्याएको हो ।

यस शाखाबाट नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको नीति निर्णय बमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोवारको संचालन हुनेछ । त्यस्तै, यस शाखाबाट बैंकका अन्य शाखाहरुबाट जस्तै आम जनतारुले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायतका सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् ।

साथै, यस शाखाबाट स्थानीय स्तरमा बैंकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, कर्जा कारोबार जस्ता सेवामार्फत स्थानीय स्तरमा आर्थिक गतिविधि बढ्ने बिश्वास बैंकले लिएको छ । बैंकले निकट भविष्यमा नै बैंकको पहुँच नपुगेका अन्य थप गाउँपालिका तथा नगरपालिकामा समेत शाखा विस्तार गर्दैछ ।

यो शाखा सहित बैंकले हाल देशभर ९४ वटा शाखा, ३ एक्स्टेन्सन् काउन्टर, ९९ शाखारहित बैंकिङ्ग सेवा , १०५ एटीएम र ६५० भन्दा बढी पीओएस् मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.