३८ औं राष्ट्रिय शिक्षा दिवस: मनमोहन मेमोरियल इन्ष्टिच्यूट उत्कृष्ट

  २०७४ फागुन २ गते १०:४९     विकासन्युज

काठमाडौं । ३८ औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेज सोल्टिमोडलाई सम्मान गरिएको छ ।

अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित एक कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यवसायिकतर्फ उत्कृष्ट नतिजा निकालेको भन्दै पुरस्कृत गरिएको हो । कार्यक्रममा शिक्षामन्त्री गोपलमान श्रेष्ठले कलेजका उपाध्यक्ष जीवन प्रकाश शर्मालाइ नगद पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका हुन् ।

कलेजले उत्कृष्ट शिक्षालयको रुपमा सम्मानित गर्ने शिक्षामन्त्रालय तथा सम्मानजनक परिणामको लागि महत्वपूर्ण भूमिकानिर्वाह गर्ने नेको नेपाल, कलेज व्यवस्थापन समिति, शिक्षक तथा कर्मचारी तथा देशीविदेशी शुभेच्छुकहरुलाई धन्यवाद दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.