राष्ट्र बैंकले बिहीबार ५ अर्ब बजारमा पठाउदै

  २०७४ माघ २४ गते १८:४५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता कम भएपछि बिहीबार ५ अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ ।

केन्द्रीय बैंकले विकास ऋणपत्र सोझै खरिद बोलकबोलबाट बैंकिङ प्रणालीमा पैसा पठाउन लागेको हो ।

अहिले बजारमा १९ अर्ब ९० करोड रुपैयाँ अधिक तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै अन्तरबैंक ब्याजदर पनि बढेर ४.९७ प्रतिशत पुगेको छ । ५ प्रतिशत नाघेपछि यसलाई नियन्त्रण गर्न केन्द्रीय बैंकले रिपो वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाउछ । बजारमा तरलताको व्यवस्थापन गर्नका लागि राष्ट्र बैंकले विभिन्न वित्तीय औजारको प्रयोग गरेर पैसा पठाउने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.