कैलाश विकास बैंकको ४३औँ शाखा कैलालीको धनगढीमा, थप चार शाखा खोल्ने तयारी

  २०७४ माघ १५ गते १४:३५     विकासन्युज

काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले आफ्नो ४३औँ शाखा कैलाली जिल्लाको धनगढीमा विस्तार गरेको छ । बैंकले सोमबारदेखि उक्त शाखाबाट कारोवारको शुभारम्भ गरेको छ ।

उक्त शाखाको शुभारम्भ नेपाल राष्ट्र बैंकका कामु. निर्देशक रमेश आचार्यले एकसमारोहका बिच सम्पन्न गरेका छन् ।

यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ४२ पुगेका छन् भने एटीएम संख्या २२ पुगेका छन् । बैंकले निकट भविष्यमा रुपन्देही जिल्लाको भैरहवा, झापा जिल्लाको दमक, मोरङ्ग जिल्लाको विराटनगर तथा पर्सा जिल्लाको विरगंजमा गरी थप चार शाखाहरु संचालन गर्ने तयारी गरिरहेको जनाएको छ ।

हाल यस विकास बैंकको चुक्ता पूँजी २ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । यस संस्थाले हाल सम्म १९ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.