माछापुच्छे बैंकद्वारा कम्बल बितरण

  २०७४ माघ १० गते १९:०६     विकासन्युज

काठमाडौं । माछापुच्छे बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा महोत्तरीको बर्दिबास नगरपालिका ३ स्थित गौरीबासका शितलहर पीडित ६० घरपरिवारलाई कम्बल वितरण गरेको छ ।

बर्दिबास नगरपालिकाका मेयर बिदुरकुमार कार्की र बैंकका बर्दिबास शाखा प्रबन्धक रमेश अधिकारीले एकल महिलादेखि शितलहरबाट पीडित पर्साहिधाप, राजाबास, कालापानी, गौरीबास, पाटु, भब्सी र गौरीडाँडाका गरिब तथा विपन्न स्थानीयहरुलाई ६० थान न्यानो कम्बल वितरण गरेका छन् ।

बैकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म ६४ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टर लगायत १३ शाखा रहित बैकिङ्ग सेवा समेत गरी ७९ स्थानबाट बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । बंैकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.