२०७४ माघ ५ गते १५:५८ विकासन्युज
काठमडौं। नबिल बैंकद्वारा प्रवद्र्घित नबिल फाउण्डेसनले मुलुकको बिभिन्न शित लहर प्रभावित भु–भागहरुमा न्यानो लगुगा वितरण गरेको छ । केही दिनदेखि बढ्दो चिसोलाई मध्यनजर गर्दै फाउण्डेसनले बर्दिबास, जनकपुर, लहान, बिरगञ्ज, हरिवन, नेपालगञ्ज तथा टिकापुरमा न्यानो लुगाहरु बितरण गरेको हो ।
लुगा चिसोको चरम मारमा परेका तथा बाढीले कष्ठकर जीवन बिताइरहेका बृद्ध–बृद्धा, दलित, अपाङ्ग, एकल महिला, असहाय तथा गरिब घरपरिवारहरुमा वितरण गरिएको फाउण्डेसनले जनाएको छ ।
नबिल फाउण्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवालले फाउण्डेसनले सामाजिक उत्तरदयित्वको रुपमा समाजको बिभिन्न क्षेत्रहरुमा समय सापेक्ष योगदान पु¥याउने उद्देश्यले शित लहर प्रभावित क्षेत्रहरुमा न्यानो लुगाहरु बितरण गरेको बताए ।
फाउण्डेसनले शित लहर प्रभावित क्षेत्रहरुमा बिद्यमान न्यानो लुगा बितरण कार्यक्रमलाई निरन्तर जारी राख्ने जानकारी गराएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.