नेपाल लाइफ इन्स्योरेन्सको लाभांशमा लोभिएका लगानीकर्ता किन पछि हटे ?

  २०७४ पुष २६ गते १५:५५     विकासन्युज

काठमाडौं । लगातार एक सातादेखि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर सबैभन्दा बढी कारोबार भइरहेको छ । बुधबार पनि नेपाल लाइफको बढी सेयर किनबेच भएको छ ।

बुधबार धरै कारोबार भएपनि सेयर मूल्य ५८ रुपैयाँ घटेर १ हजार ८२१ रुपैयाँमा झरेको छ । मंगलबार बढेर १ हजार ८७९ पुगेको थियो ।
सेयर मूल्य घटेपछि मंगलबार सेयर किन्ने लगानीकर्ताले एकैदिन ५७ रुपैयाँ गुमाएका छन् । बुधबार नेपाल लाइफको ३ करोड ८२ लाख ३३ हजार रुपैयाँ बराबरको २० हजार ९९५ कित्ता सेयर किनबेच भएको छ ।

कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाको लाभांश घोषणा गरेको छैन् । केही दिनभित्र कम्पनीले लाभांश घोषणा गर्दैछ । कम्पनीले ४० प्रतिशत भन्दा बढी लाभांश दिने हल्ला बजारमा चलेपछि लगानीकर्ता नेपाल लाइफको सेयर किन्न झुम्मिएका हुन् । लाभांश घोषणापछि सेयर मूल्य अझै घट्ने संभावना भएको भन्दै लगानीकर्ता पछि हटेको सेयर ब्रोकरको भनाई छ ।

यस्तै एभरेष्ट बैंकको प्रतिकित्ता ९२२ रुपैयाँमा २ करोड १३ लाख ६० हजार रुपैयाँको सेयर किनबेच भएको छ । एभरेष्टको सेयर मूल्य सस्तो भएकाले पछि बढ्ने अनुमानका आधारमा एभरेष्टको सेयर किनबेच धेरै भएको हो । एभरेष्टको सेयर मूल्य घटेको छ ।

यस्तै सानिमामाई हाइड्रोपावर लिमिटेडको पनि प्रतिकित्ता ४६९ रुपैयाँमा १ करोड ५९ लाख ६२ हजार रुपैयाँको सेयर किनबेच भएको छ । सानिमामाईको मंगलबारदेखि सेयर कारोबार बढेको छ । सानिमाले यो वर्ष २९ करोड रुपैयाँ खुदनाफा गरेपनि लगानीकर्तालाई लाभांश नदिने भएको छ ।

सेयर पुँजी बढेपछि औसत ७ प्रतिशत मात्र लाभांश हुने भएपछि नदिइ अन्य अन्य जलविद्युत आयोजनामा लगानी गर्ने तयारी सानिमामाईको छ । यो वर्ष लाभांश नपाउने भएपछि लगानीकर्ता धमाधम सेयर बेचेर बाहिरिन खोज्दा कारोबार बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.