युवा समूहलाई र्निब्याजी १० लाख ऋण

  २०७४ पुष २२ गते ९:५४     विकासन्युज

 

इलाम । राष्ट्रिय युवा परिषद्, जिल्ला युवा समितिले यहाँका चार युवा समूहलाई र्निब्याजी १० लाख ऋण प्रदान गरेको छ । समितिले सूर्याेदय नगरपालिकाको जनज्योति कृषि तथा पशुपालन समूह, देउमाई नगरपालिकाको सुनौलो बिहानी पशुपालन युवा समूह, एकतप्पाको चम्जलुङ उद्यमशील युवा विकास समूह र जोगमाईको ध्वजेगुफा पशुपालन समूहलाई प्रतिसमूह रु अढाइ लाखका दरले ऋण प्रदान गरेको जिल्ला युवा विकास समितिका अध्यक्ष नवराज शंकरले बताए ।

समितिले १६ वर्षदेखि ४० वर्ष उमेर समूहका युवालाई स्वदेशमै उद्यम सञ्चालन गराउने उद्देश्यअनुसार पहिलो वर्षको कार्यक्रमबाट ऋण लगानी गरेको हो । ऋणबाट १० युवा संलग्न रहेको समूहले सामूहिक रूपमा व्यवसाय सञ्चालन गर्नुपर्ने प्रावधान छ । परिषद्ले युवा उद्यमी उत्पादन गर्न सरकारको स्वीकृति र अनुदान लिई जिल्ला युवा समितिमार्फत प्रस्तावना आह्वान गरेको थियो ।

ऋण पाउने संस्थामध्ये चम्जलुङ उद्यमशील युवा विकास संस्थाले घरबास व्यवसाय, जनज्योति कृषि तथा पशुपालन समूह र सुनौलो बिहानी पशुपालन युवा समूहले कुखुरापालन र ध्वजे गुफा पशुपालन समूहले गाईपालन गर्ने जनाएका छन् ।

ती समूहलाई पहिलो किस्ताबापत रु अढाइ लाखका दरले रकम दिइसकिएको र पुनःएक साताभित्र रु अढाइ लाखका दरले गरी चारसमूहलाई रु २० लाख ऋण दिइने समितिका अध्यक्ष शंकरले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.