सहकारीले गरिबी बढाए : पूर्व गभर्नर खतिवडा

  २०७४ पुष २१ गते १५:५७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तथा अर्थशास्त्री डा. युवराज खतिवडाले सहकारीका कारण नेपालमा गरिवी बढाएको बताएका छन् । उनले सहकारीका कारण मुलुकमा धनी र गरिवको खाडल चुलिएको दावी गरे ।

डा. युवराज खतिवडा, पूर्वगभर्नर, नेपाल राष्ट्र बैंक

सहकारी संस्था पूँजी संकलन गर्ने र बढीभन्दा बढी नाफा आर्जनमा केन्द्रीकृत भएकाले गाउँमा गरिवी बढेको खतिवडाले जानकारी गराए । राष्ट्रिय सहकारी महासंघले शुक्रबार राजधानीमा आयोजित दुईदिने कार्यशालालाई सम्बोधन गर्दै खतिवडाले सहकारी संस्थाले उद्देश्यअनुसार काम नगर्दा यस्तो समस्या आएको जिकिर गरे ।

केही बचत तथा ऋण सहकारी संस्थाले शुरुमा २ प्रतिशत सेवा शुल्क र १८ प्रतिशतसम्म ब्याज लिने गरेको पाइएको उनको भनाई छ । सहकारी संस्थाको अहिलेको अवस्थाको बारेमा जानकारी दिदै उनले भने “एक सहकारी संस्थाका ऋणीले वचत सहकारी संस्था दैनिक वचत

संकलन गर्छन् र वचतकर्तालाई ८ देखि ९ प्रतिशतमा ब्याज दिन्छन् भने आफू १७ देखि १८ प्रतिशत ब्याजदरमा लगानी गर्छन् ।”
आर्थिक समृद्धि, दिगो विकास, सहकार्य र एकताको भावना जगाइ उत्पादनमा जोड दिनु सहकारीको सिद्धान्त हो । तर पछिल्लो समयमा सहकारी संस्था नाफामुखी बन्दै गएको पाएको सरोकारवालाले बताएका छन् । नेपालमा सहकारी संस्थाको संस्थागत विकास भएको झण्डै ६१ वर्ष पुगेको छ ।

उक्त कार्यशालामा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीले चुलिँदो व्यापारघाटा कम गर्ने प्रमुख माध्यम सहकारी संस्था भएको बताए । उनकाअनुसार राज्यको व्यापारघाटा ९ खर्ब पुगेको छ । जबकि राज्यको कूल बजेट लगभग १२ खर्ब रुपैयाँ छ । सो अंक कूल बजेटको ३३.३३ प्रतिशत हुन आउँछ ।

कूल गार्हस्थ्य उत्पादनमा कृषि र पशुपालन क्षेत्रको ३३ प्रतिशत योगदान छ । जबकि झण्डै ३५ हजार सहकारी संस्थामध्ये ५ प्रतिशतले मात्र उत्पादनमा जोड दिएका छन् । पाँच खर्ब पूँजी ३५ हजार सहकारी संस्थासँग छ । तर अधिकांश सहकारी संस्था जोखिम बहन गर्न चाँहदैनन् र उत्पादनका क्षेत्रमा लगानी गर्नसमेत डराउँछन् ।

गाउँ, शहरमा बसोबास गर्ने सीमान्तकृत र लक्षित समुदायलाई सस्तो ब्याजदरमा कर्जा प्रर्वाह गर्नुपर्ने केही सहकारी जस्तै बचत तथा ऋणका नाममा दर्ता भई कार्य गर्दै आएका संस्थाले उत्पादनमा नभई चर्को ब्याजदरमा ऋण लगानी गरेको पाइन्छ ।

सहकारी विभागको पछिल्लो तथ्याङ्कमा वचत तथा ऋण, कृषि, दुग्ध, उपभोक्ता, तरकारी तथा फलपूल, चिया, कफी, जडीबुटी, जलविद्युत्, मौरीपालन, जुनार, ऊखु, बिजुली, स्थास्थ्य, सञ्चार, बीउबिजन, मत्स्यपालन, पर्यटन, सुपारी, पशुपालनलगायत ३४ हजार ५१२ सहकारी संस्था सञ्चालनमा रहेको उल्लेख छ ।

त्यसैगरी, जिल्लास्तरीय संघ ३२५, विषयगत केन्द्रीय संघ २० तथा राष्ट्रिय सहकारी बैैंक एउटा रहेको छ । सहकारी क्षेत्रको योगदानलाई कूल गार्हस्थ्य उत्पादनमा केलाउँदा केन्यामा ४५, न्यूजिल्याण्डमा २०, फ्रान्समा १८, भारतमा ४.०१३, श्रीलंकामा ३.७५ र नेपालमा चार प्रतिशत योगदान पु¥याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.