बैंकले मागे १९ अर्ब राष्ट्र बैंकले दियो ५ अर्ब

  २०७४ पुष १६ गते १७:३४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासंग लगानी गर्न थप पुँजी नभएपछि ५ अर्बको विकास ऋणपत्र निष्कासन गरेकोमा १९ अर्ब रुपैयाँ माग भएको छ ।

राष्ट्र बैंकले आइतबारका लागि बैंकसंग भएको विकास ऋणपत्र धितोमा राखेर ५ अर्ब रुपैयाँ पठाउने तयारी गरेकोमा २१ वाणिज्य बैंकले १९ अर्ब रुपैयाँ मागेका थिए ।

राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ आइतबार बैंकलाई दिएको छ । ५ अर्ब रुपैयाँ भन्दा बढी दिन नमिल्ने राष्ट्र बैंकले जनाएको छ । आइतबारसम्म बैंकिङ प्रणालीमा ३३ अर्ब रुपैयाँ रहेको छ । केही बैंकमा लगानीयोग्य पुँजीको समस्या देखिएपछि तत्कालका लागि राष्ट्र बैंकले ऋणपत्र जारी गरेको हो ।

रकम माग्नेमा सेन्चुरी कर्मशियल बैंक, मेगा बैंक, एनसीसी बैंक, जनता बैंक, माछापुच्छ्, सानिमा, एनएमबी, नविल, एभरेष्टलगायत २१ बैंक रहेको राष्ट्र बैंकले जनाएका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.