एनसीसी र प्रभु बैंकको प्रमोटर सेयरमा किन तानिए लगानीकर्ता ?

  २०७४ पुष १६ गते १५:१८     विकासन्युज

 

काठमाडौं । आज आइतबार दुई वाणिज्य बैंकको संस्थापक सेयर प्रमोटर) सबै भन्दा बढी कारोबार भएको छ ।

नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक र प्रभु बैंकको संस्थापक सेयर बढी कारोबार भएको हो ।

दुई बैंकको संस्थापक सेयर किनबेचले सेयर कारोबार रकम बढाएका छन् । आइतबार ५८ करोड ७८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । एनसीसीको संस्थापक सेयर एनबी ग्रुपले बिक्री गरेको अनुमान गरिएको छ ।

एनसीसीको प्रतिकित्ता २ सय रुपैयाँमा ९ करोड ६९ लाख ६१ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै प्रभुको प्रतिकित्ता १६० मा ३ करोड ७८ लाख रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ ।

बजार निरन्तर ओरालो लागेका बेला संस्थापक सेयरको कारोबार बढेको छ । एनसीसीको २५, ३८, ४९ र ५७ नम्बर ब्रोकरबाट कारोबार भएको छ । यस्तै प्रभुको ४९, ५८, १९, २९, ५२ र २९ नम्बर ब्रोकरबाट कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.