कोकाकोलाले नेपाली बजारमा ल्यायो ‘फुच्चे प्याक’, मूल्य ४० रुपैयाँ

  २०७४ पुष १२ गते २१:०३     विकासन्युज

काठमाडौं । कोका–कोला नेपालले आफ्ना उत्पादनहरु कोकाकोला, फ्यान्टा र स्प्राइटलाई सानो पेट बोतल ‘फुच्चे प्याक’मा नेपाली बजारमा ल्याएको छ । नयाँ बोतल आगमन संगै कोका कोलाको पेट बोतल श्रेणीहरु थप भएका छन् र यसले उपभोक्ताहरुलाई थप विकल्प प्रदान गरेको हो ।

ग्राहकको बढ्दो मागलाई मध्येनजर र ध्यानमा राख्दै कम्पनीले ३०० एमएलको पेट बोतलमा आफ्ना उत्पादन बजारमा ल्याएको कम्पनीले जानकारी दिएको छ । यसको मूल्य ४० रुपैयाँ तोकिएको छ । यो पेट बोतलमा सबैभन्दा सानो बोतल भएकाले यसलाई ‘फुच्चे प्याक’ भनिएको हो ।

नयाँ प्याकको सर्वजानिक गर्दै कोकाकोला नेपालका कन्ट्रि डाईरेक्टर अम्बुज सिंहले भने ‘हामीले बजारमा कोकाकोला, फ्यान्टा र स्पाईटलाई नयाँ सानो पेट बोतलमा ल्याउन पाएकोमा निकै खुसी छौं। ग्राहकको बढ्दो माग अनुसार हामीले सानो साइजको बोतल बजारमा ल्याएका हौँ । यो सानो प्याकसँगै हाम्रा ग्राहकलाई आफ्नो चाहना अनुसारको साइजमा पेयपदार्थ छनोट गर्न समेत सजिलो भएको छ । हामीलाई विस्वास छ, हाम्रा ग्राहकले यो फुच्चे प्याक मन पाराई यसको आन्नद लिनु हुने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.