स्मार्ट टेलिकमको स्मार्ट सेन्टर ललितपुरमा, काठमाडौं र भक्तपुरमा पनि विस्तार गरिने

  २०७४ पुष ११ गते १२:४०     विकासन्युज

काठमाडौं । स्मार्ट टेलिकमले ललितपुरको कुमारीपाटीस्थित लब बिल्डिङमा स्मार्ट सेन्टर सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रवाह गर्न प्रदान गर्न यो सेन्टर स्थापना गरेको कम्पनीले जनाएको छ ।

स्मार्ट टेलिकमसँग सम्बन्धित सबै सेवा र सुविधा उपलब्ध गराउने संरचनामा यो केन्द्र स्थापना गरिएको कम्पनीले जनाएको छ ।

स्मार्ट सेन्टरको उद्घाटन गर्दै कम्पनीका अध्यक्ष सर्वेश जोशीले ग्राहकले आफ्ना सबै जिज्ञासा र समस्याको समाधान यस सेन्टरबाट पाउन सक्ने बताए । यस्तो सेन्टर काठमाडौं र भक्तपुरमा पनि विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.