एनएमबी माइक्रो फाइनान्सको अध्यक्ष लामाले लिए सपथ

  २०७४ पुष १० गते १६:२३     विकासन्युज

काठमाडौं । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडमा आगामी ४ वर्षका लागि उत्तम ब्लोन लामा पुनः नियुत्त भएका छन् ।

नवनिर्वाचित अध्यक्ष लामालाई नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडलले सपथग्रहण गराएका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा नवनियुक्त अध्यक्षले नेपाल राष्ट्र बैंक समक्ष शपथ ग्रहण लिनुपर्ने प्रावधान छ ।

गत मंसिर १५ गते १५ पोखरामा सम्पन्न ५औं वार्षिक साधारण सभाबाट लामा सञ्चालकमा निर्वाचित भएपछि गत पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २५, हेम्जामा केन्द्रीय कार्यालय रहेको एनएमबी माइक्रोफाइनान्स एनएमबी बैंकको सहायक संस्था हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.