सर्वोच्चले गर्यो एनसेलको पक्षमा फैसला, लाभकर नतिरे पनि लाभांश लैजान पाउने

  २०७४ पुष ९ गते १८:०३     विकासन्युज

 

काठमाडौं । मोलाइल सेवा प्रदायक एनसेल प्रालिले नेपालमा कमाएको लाभांश विदेशमा लैजान पाउने भएको छ ।सर्वोच्च अदालतले आइतबार एनसेलको पक्षमा फैसला गर्दै उसले नेपालमा कमाएको नाफाबाट लाभांस बापतको रकम विदेश लैलान बाटो खुला गरिदिएको हो ।

न्यायधीशद्धय ओमप्रकास मिश्र र केदारप्रसाद चालिसकोको संयुक्त इजलासले लाभांस वितरणमा रोक लगाउँदा कम्पनीलाई अपूरणीय क्षति पुग्ने र सुविधाको दृष्टिबाटसमेत उचित नदेखिने ठहर गर्दै लाभांश लैजान खुला गरिदिएको हो । सर्वोच्चले यसअघिकै अन्तरिम आदेश मुताविक आदेश दिएको हो ।

८० प्रतिशत सेयर हस्तान्तरण गर्दा लाग्ने पुँजीगत लाभकर नतिरेपनि एनसेललाई लाभांस लैजान बाटो खुला भएको छ । एनसेललाई लाभकर वापत कर कार्यलयले ६१ अर्ब रुपैयाँ कर निर्धारण गरेको छ ।

ठूला करदाता कार्यालयको गत असार ३ गते र नेपाल राष्ट्र बैंकले असार २६ गते एनसेललाई लाभांस विदेश लैजान नदिएपछि एनसेल सर्वोच्च पुगेको थियो । लाभांस फिर्ता लैजानबाट रोक्ने कार्य विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन (२०४९ र कम्पनी ऐन २०६३ को प्रतिकूल देखिएको सर्वोच्चको आदेशमा उल्लेख गरिएको छ ।

स्वीडेनको टेलियासोनेराले आफ्नो स्वामित्वमा रहेको ८० प्रतिशत स्वामित्व मलेसियाको आजियाटा कम्पनीलाई १ खर्ब ४० अर्ब रुपैयाँमा विक्री गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.