अल्पाईन र सेतीलाई प्राप्ती पश्चात सेञ्चुरीद्धारा एकीकृत कारोबार शुरु

  २०७४ मंसिर २४ गते १५:५५     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले अल्पाईन डेभलपमेन्ट बैंक र सेती फाईनान्सलाई प्राप्ती (एक्विजिशन) गरी आइतबार(आज) देखि एकिकृत कारोबार शुरु गरेको छ । उक्त एकीकृत कारोबारको शुभारम्भ नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवि नेपालले गरेका हुन् ।

एकीकृत कारोबार पश्चात् बैंकको चुक्ता पूँजी ७ अर्ब ६८ करोड रुपैयाँ पुग्ने छ । साथै, निक्षेप ४९ अर्ब रुपैयाँ र कर्जा ४५ अर्ब रुपैयाँ पुग्ने बैंकले जनाएको छ । सेञ्चुरी बैंकले बोनस शेयर जारी गरी ८ अर्बको पुँजी पुर्याउदै छ ।

त्यस्तै, बैंकको नेपाल अधिराज्यभर ८५ वटा शाखा कार्यलयहरु रहनेछन् । बैंकले निकट भविष्यमा १०० भन्दा बढि शाखा कार्यलयहरुबाट सेवा विस्तार गदैंछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.