नयाँ वर्षमा महंगिएर आउदैछन् यी कारहरु, कुनको मूल्य कति बढ्ला ?

  २०७४ मंसिर २२ गते ११:०५     विकासन्युज

काठमाडौं । आउदो नयाँ वर्ष २०१८ मा नेपाली बजारमा कार महँगो हुने भएको छ । भारतमा अधिकांश कार कम्पनीहरुले जनवरीदेखि कारको मूल्य बढाउने भएपछि नेपाल भित्रिने कार महँगो हुने भएको हो ।

भारतका अधिकांश कम्पनीहरुले कारको मूल्य बढाउने योजना बनाइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बढ्दो लागत खर्चको कारण बताउदै कम्पनीहरुले कारको मूल्य बढाउने तयारी गरेको हो ।

नेपालमा कारहरु भारतबाट आयात हुन्छन् । जसको कारण भारतमा कारको मूल्य बढ्दा त्यसको प्रभाव नेपाली बजारमा पनि पर्ने सिप्रदी ट्रेडिङ प्रालीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार भारतमा कारको मूल्य बढ्दा, नेपालमा त्यसको प्रभाव स्वभाविकरुपमा पर्छ । ‘आयात करमा भन्दा पनि कारको मूल्य बढ्दा त्यसको ठुलो प्रभाव पर्छ,’उनले भने, ‘तर अहिलेसम्म कारको मूल्य बढ्नेबारे हामीलाई आधिकारिक जानकारी भने आएको छैन ।’

कम्पनीले कति प्रतिशतको दरले मूल्य बढाउने जानकारी दिएका छन् । टोयोटाको कार ३ प्रतिशतसम्मले बढ्नेछ । चलनचल्तीको मोडलको आधारमा कम्पनीले कारको मूल्य पाँच हजार भारतीय रुपैयाँदेखि १ लाख १० हजार भारुसम्म बढाउनेछ ।

महिन्द्रा एण्ड महिन्द्राको कारमा ७ हजार भारतीय रुपैयाँदेखि ३० हजार भारुसम्म बढ्नेछ । होन्डाले पनि १-२ प्रतिशतसम्म मूल्य बढाउने योजना बनाएको छ । त्यस्तै इसुजु मोटर्सले १५ हजार भारु देखि १ लाख भारुसम्म बढाउने तयारी गरेको छ ।

यद्यपी केही कम्पनीहरुको कारको मूल्य बढ्ने सम्भावना भने कम देखिएको छ । मारुति सुजुकी, हुन्डाई लगायतका कम्पनीका प्रवक्ताहरुले कारको मूल्य बढाउने कुनै योजना नरहेको जानकारी दिएका छन् ।

स्कोडाको प्यारेन्ट कम्पनी फोक्सवागेनले मुल्य बढाउन सोच बनाएपनि कति बढाउने भन्ने बारे यकीन भइसकेको छैन ।

दि इकोनोमिक टाइम्सका अनुसार भारतीय कार निर्माता कम्पनीहरु हरेक नयाँ वर्षमा कारको मूल्य बढाउने र वर्षको अन्तमा स्टक रित्याउन भारी छुटमा कार बेच्ने काममा अभ्यस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.