महतो निवास नजिकै बम विस्फोट गराउने राईन गिरफ्तार

  २०७४ मंसिर २१ गते ११:०७     विकासन्युज

जनकपुर । राजपाका नेता तथा धनुषा क्षेत्र न ३ बाट प्रतिनिधि सभाका उम्मेदवार राजेन्द्र महतो निवास नजिकै वम विस्फोट गराउने कार्यमा संलग्न एकजनालाई प्रहरीले पक्रेको छ ।

यही मंसिर ९ गते महतोको निवास नजिक रंगभूमि मैदान बाह्र बिघा छेउमा प्रेसरकुकर बम विस्फोट गराईएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका क्राइम ब्रान्चका टोलीले घटनामा संलग्न नेपाली कांग्रेसका सक्रिय सदस्य धनुषाधाम नगरपालीका वडा न ५ बस्ने ३४ वर्षको रहमत राइनलाई पक्रेको हो ।

पक्राउ परेका राईनलाई धनुषा जिल्ला अदालतबाट बम बिस्फोट गराएको मुद्दामा म्याद थप गरि अनुसन्धान कार्य भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.