एनएमबी बैंकलाई ‘बैंक अफ दि इअर’ सम्मान

  २०७४ मंसिर १४ गते १०:२४     विकासन्युज

 

काठमाडौं । वेलायतबाट दिने अन्तराष्ट्रिय प्रतिष्ठित पुरस्कार बैंक अफ दी इयरबाट नेपालको एनएमबी बैंक सम्मानित भएको छ  ।

बेलायतको फाइनान्सियल टाइम्सले यो वर्षका लागि एनएमबीलाई बैंक अफ दी इयरबाट सम्मानित गरेको हो ।गत वर्ष नेपाल इन्भेष्टमेन्ट बैंक सम्मानित भएको थियो ।

बुधबार लण्डनस्थित होटल हिल्टनमा विशेष समारोहकाबीच बैंकका अध्यक्ष पवनकुमार गोल्यान र प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीलाई बैंक अफ दी इयर अवार्ड प्रदान गरिएको थियो ।

एनएमबी नेदरल्याण्डको एफएमओ बैंकसंग साझेदारीका अतिरित्त ग्लोबल एलायन्स फर र्बैकिङ अन भ्यालुजको सदस्य रहेको नेपालको एकमात्र बैंक हो ।

नेपाल इन्भेष्टमेन्ट ५ औ पटक यस अवार्डबाट सम्मानित भएको छ । यसअघि स्ट्यान्डर्ड चाटर्ड बैंक, नबिल बैंक, एनआईसी एसिया बैंक र ग्लोबल आईएमई बैंकले यो अवार्ड पाइसकेका छन् ।

लगानीकर्तालाई राम्रो प्रतिफल, उत्कृष्ठ ग्राहक सेवा, राम्रो वित्तीय अवस्थालाइ आधार मानेर यो अवार्ड दिने गरेको छ । बैंक अफ दी इयरबाट विश्वका विभिन्न मुलुकका बैंकले पाउदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.