टुरिजम डेभलपमेन्टलाई मर्ज गर्न मेगा बैंकले पुस ४ गते बोलायो विशेष साधारणसभा

  २०७४ मंसिर ८ गते ८:३७     विकासन्युज

काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंकलाई मर्ज गर्न मेगा बैंकले पुस ४ गते विशेष साधारणसभा बोलाएको छ । सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) मा विवाद भएपछि मर्जरमा जानका लागि गत सोमबार बोलाइएको मेगाको विशेष साधारणसभा स्थगित भएपछि पुनः पुस ४ गतेलाई तोकिएको हो ।

टुरिजम्को साधारणसभाले मेगासंग मर्जरमा जाने प्रस्ताव पारित गरेको छ । मर्जर सम्झौता पारित गर्न दुबै बैंकले सोमबार साधारणसभा बोलाएका थिए । टुरिजम मेगामा मर्ज भएपछि स्वाप रेसियो ९५ हुने गत माघमा सम्झौता भएको थियो । तर सम्पत्तिको दाइत्व मूल्याँकन (डीडीए) गर्दा टुरिजमको मेगामा ९१.९७ हुने प्रतिवेदन आएपछि विवाद भई सोमबारको विशेष साधारणसभा रोकिएको हो ।

मर्जरमा जाने सम्झौता गरेपछि १० महिनादेखि दुबै बैंकको सेयर कारोबार बन्द छ । सेयर कारोबार नहुदा लगानीकर्ता मारमा परेका छन् । अब २५ प्रतिशत गणकपुरक संख्या भएपछि सभा हुने छ ।

दुबै संस्थाको चुक्तापुँजी पुगेकाले मर्जरमा जान आवश्यक नभएको तर्क सेयरधनीले उठाएका थिए । हकप्रद सेयर बिक्रीपछि मेगाको चुक्तापुँजी ७ अर्ब ५६ करोड र गत आवको नाफाबाट बोनस सेयर बितरण गर्दा चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुग्ने भएपछि मर्जरमा जानुनपर्ने तर्क सभामा उठेको थियो । टुरिजमले पनि चुक्तापुँजी साढे २ अर्ब रुपैयाँ पर्याउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.