७ वटा जीवन बीमा कम्पनीको नाफा १३८.७० प्रतिशतले बढ्यो(सूचिसहित)

  २०७४ कार्तिक ३० गते १५:५१     विकासन्युज

काठमाडौं । ७ वटा जीवन बीमा कम्पनीहरुको नाफा १३८.७० प्रतिशतले बढेको छ । चालु आवको पहिलो त्रैमासिक अवधीमा ७ वटा जीवन बीमा कम्पनीहरुले आफ्नो नाफा २६ करोड ८४ लाखले वृद्धि गरेर ४४ करोड ४७ लाख पुर्याएका हुन् । गत आवको असोज मसान्तसम्ममा यीनै जीवन बीमा कम्पनीहरुको नाफा जम्मा १८ करोड ६३ लाख मात्रै थियो ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचिकृत ७ वटा जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाफा सबै भन्दा धेरै अर्थात १७ करोड ७४ लाख रहेको छ । ७ वटा जीवन बीमा कम्पनी कुल कोनाफको ३९.८९ प्रतिशत हिस्सा नेपाल लाइफ इन्स्योरेन्सले नै ओगटेको देखिन्छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पनि ८ करोड २० लाख नाफा कमाएको छ । त्यस्तै, प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले ६ करोड ३४ लाख नाफा कमाउन सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.