२०७४ कार्तिक २७ गते १४:०५ विकासन्युज
काठमाडौं । सिभिल बैंकले आगामी मंसिर ५ गते बुक क्लोज गर्ने भएको छ । बैंकले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नको लागि सो दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो ।
कम्पनीले २ अर्ब ७ करोड ४० लाख रुपैयाँ बराबरको २ करोड ७ लाख ४० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएकाे छ ।
हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब १८ करोड रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ७ अर्ब २५ करोड रुपैयाँ नाघ्ने छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.