इन्भेष्टमेन्ट बैंकको नाफा ९१ करोड , धेरै बैंकको नाफा घट्दा यस बैंकको १८ प्रतिशतले वृद्धि

  २०७४ कार्तिक १७ गते ९:३७     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा ९१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४ करोड रुपैयाँले बढी हो ।

अधिकांश वाणिज्य बैंकहरुको नाफामा सुस्तता देखिएको समयमा यस बैंकको नाफा १८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको प्रथम तीन महिनामा यस बैंकले ७७ करोड रुपैयाँ नाफा गरेको थियो ।

यस बैंकको चुक्ता पुँजी १० अर्ब २६ करोड रुपैयाँ छ । संचित कोषमा ९ अर्ब ११ करोड रुपैयाँ छ ।

असोज मसान्तसम्ममा बैंकले १ खर्ब ३१ अर्ब निक्षेप परिचालन गरेको छ भने कर्जा सापटी १ खर्ब ७ अर्ब रुपैयाँ प्रवाह गरेको छ । बैंकले विभिन्न क्षेत्रमा ३० अर्ब लगानी गरेको छ ।

बैंकको सीडी रेसियो ७५ प्रतिशत रहेको छ भने क्यापिटल एडेक्वसी १२.७८ प्रतिशत रहेको छ ।

कष्ट अफ फण्ड ६.०८ प्रतिशत छ भने बेसरेट ८.९१ प्रतिशत रहेको छ ।

बैंकको आरोइ १८.४६ प्रतिशत छ भने पीई रेसियो ३४.३१ रहेको छ । प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ छ भने विहीबार यस बैंकको सेयर ६२८ रुपैयाँमा किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.