सिङापुरको विल्सनले सवा २ अर्बमा ५० हजार टन मल आपूर्ति गर्ने, कृषि सामाग्रीले ठेक्का सम्झौता गर्दे

  २०७४ कार्तिक १६ गते १८:०२     विकासन्युज

काठमाडौं । हिउँदे बालीका लागि सरकार स्वामित्वको कृषि सामाग्री कम्पनी लिमिटेडले ५० हजार टन रासयनिक मल आपूर्तिका गर्न लागेको छ ।

मल आपूर्तिका लागि कृषि सामाग्रीले सिङापुरको विल्सन इन्टरनेसनल ट्रेडिङलाई छनौट गरेको छ । विल्सनले २५ हजार टन युरिया र २५ हजार टन डीएपी मल आपूर्ति गर्नका लागि ठेक्का पाएको हो ।

परेका बोलपत्र मध्ये न्युनमूल्य अंकित सारभूत रुपमा प्रभाग्राही भएको भन्दै विल्सनसंग ठेक्का सम्झौता गर्न लागेको हो ।

विल्सनले २ करोड १४ लाख ५६ हजार ५ सय अमेरिकी डलर करिव २ अर्ब २५ करोड रुपैयाँमा ५० हजार टन मल आपूर्ति गर्ने प्रस्ताव गरेको छ । विल्सनले विराटनगर, वीरगञ्ज र भैरहवासम्म रासयनिक मल आपूर्ति गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.