बैंकिङ प्रणालीमा ४३ अर्ब अधिक तरलता, राष्ट्र बैंकले आज ३ अर्ब बजारबाट उठाउदै

  २०७४ कार्तिक १५ गते १२:१४     विकासन्युज

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अधिक भएपछि नेपाल राष्ट्र बैंकले आज बुधबार बजारबाट ३ अर्ब रुपैयाँ उठाउने भएको छ ।

केन्द्रीय बैंकले बुधबार निक्षेप संकलन उपकरणमार्फत १५ दिनका लागि बैकिङ प्रणालीबाट तरलता प्रशोचन गर्न लागेको हो । निक्षेपको सावाँ र ब्याज भुक्तानी कात्तिक ३० गते हुने राष्ट्र बैंकले जनाएको छ । हाल बैंकिङ प्रणालीमा ४३ अर्ब रुपैयाँ बढी तरलता भएपछि यसलाई प्रशोचन गर्न राष्ट्र बैंकले निक्षेप उपकरण ल्याएको हो ।

चालु आर्थिक वर्ष सुरुभययता बजारमा अधिक तरलता भएपछि केन्द्रीय बैंकले तरलता प्रशोचन गर्दे आएको छ । केन्द्रीय बैंकले बैकिङ प्रणालीमा तरलता अभाव भयो भने विभिन्न वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाउने र बढी भए खिच्ने गर्छ ।

गत वर्ष दोस्रो त्रैमाशदेखि लगानीयोग्य पुँजीको अभावले गर्दा वित्तीय घर्षण बढेर बजारमा समस्या आएको थियो । लगानी गर्ने पुँजी नभएपछि बैंकले महंगो ब्याज दरमा ठुलो परिमाणमा निक्षेप उठाएका थिए ।

१ खर्ब ४ अर्ब ९० करोड रुपैयाँ तरलता प्रशोचन गरेको छ । यसमध्ये, निक्षेप बोलकबोलमार्पmत् ३५ अर्ब १५ करोड, रिभर्स रिपोमार्पmत् ६९ अर्ब ७५ करोड तरलता प्रशोचन भएको छ । केन्द्रीय बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट ५३ करोड १२ लाख अमेरिकी डलर खरिद गरी ४६ अर्ब ५४ करोड खुद तरलता प्रवाह गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.