३ महिनामा नविल बैंकको नाफा ८५ करोड, इपीएस घट्यो

  २०७४ कार्तिक १५ गते १०:११     विकासन्युज

काठमाडौं । नविल बैंकले चालु आर्थिक वर्षको पहिल त्रैमाशमा नाफा ६ करोड रुपैयाँ बढाएको छ । चालु आवको असोजसम्म बैंकले ८५ करोड १४ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

गत आवको सोही अवधिमा बैंकले ८९ करोड २६ लाख रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले बुधबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाशिक वित्तीय विवरणमा नाफा, कर्जा लगानी र निक्षेप परिचालन बढेको छ ।

चालु आवमा नाफा बढेपनि बैंककको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ४१ रुपैयाँ १० पैसामा सीमिति भएको छ । गत आवको सोही अवधिमा ५० रुपैयाँ ६७ र असारमा ५८ रुपैयाँ ४१ पैसा थियो । असारको तुलनामा असोजमा ईपीएस १८ रुपैयाँ घटेको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा बढेर १.११ प्रतिशत पुगेको छ । गत आवको असारमा यस्तो कर्जा ०.८० प्रशित मात्र थियो । बैंकको पुँजीगत लागत बढेर ४.४० प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा १.८८ प्रतिशत र असारमा बढेर २.७० प्रतिशत पुगेको थियो ।
यस्तै बैंकको कर्जा निक्षेप अनुपात र प्राथमिक पुँजी (सीसीडी रेसियो) ७५.८३ र कर्जा निक्षेपबीचको ब्याज दर अन्तर (स्प्रेड) ४.८३ प्रतिशत रहेको बैंकले जनाएको छ ।

असोजसम्म बैंकले १ खर्ब २२ अर्ब ७९ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब २० करोड रुपैयाँ निक्षेप परिचालन गरेको थियो । यस्तै कर्जा लगानी ९४ अर्ब ९८ करोड रुपैयाँ छ । गत आवको सोही अवधिमा बैंकको लगानी ८३ अर्ब ५४ करोड रुपैयाँ थियो ।

बैंकको संचिति ६ अर्ब ९० करोड ५० लाख रुपैयाँ छ । गत आवको सोही अवधिमा यस्तो संचिती ६ अर्ब २० करोड ७८ लाख रुपैयाँ थियो । बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब ४ करोड ३२ लाख रुपैयाँ पुर्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.