पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्स र डाक्टरलाई जागिर खुल्यो

  २०७४ कार्तिक १० गते ८:५६     विकासन्युज

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३५ जनाका लागि जागिर खुलेको छ । प्रतिष्ठानले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरेर नर्सदेखि प्राध्यापकसम्मका लागि जागिर खुलाएको हो । प्रतिष्ठानले १२ जना सहायक प्राध्यापक तथा प्राध्यापक मागेको छ त्यस्तै, फार्मेसी, नर्सिङ, ल्याबमा २३ जनाका लागि दरखास्त खुलाएको छ ।

सहायक प्राध्यापक देखि प्राध्यापकसम्मको आवश्यक शैक्षिक योग्यता पुगेकाहरुले कात्तिक ३० गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर भने मंसिर ७ गतेसम्म आवेदन दिन सकिनेछ । आँखा रोग, जेरायोट्रिक मेडिसिन, मनोचिकित्सा, समुदाय स्वास्थ्य विज्ञान, शरिर रचना, सुक्ष्मजीव तथा रोग प्रतिरोध विज्ञान, विकृति विज्ञान, नवजात शिशु, चर्मरोग र जीव रसायन तथा मलिक्युर बिषय अध्ययन गरेकाहरुले आवेदन दिन सक्नेछन् ।

आवेदकहरुले २२५० रुपैंयाँदेखि ३००० रुपैंयाँ दस्तुर तिरेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दरखास्त दिन सक्नेछन् । त्यस्तै, ल्याब, नर्स र फार्मेसी अध्ययन गरेका आवेदकहरुले सहायक स्तरमा आवेदन दिनका लागि १५०० रुपैंयाँ र अधिकृत स्तरमा आवेदन दिनेले २००० रुपैयाँ दस्तुर तिर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.