२०८१ असार १७ गते ८:५० विकासन्युज
काठमाडौं । नेपाल युवा उद्यमी मञ्चको अध्यक्षमा अभिमन्यु गोल्छा निर्वाचित भएका छन् । उनी गौल्छा अर्गनाइजेशनका कार्यकारी निर्देशक तथा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाका छोरा हुन् ।
काठमाडौँको याक एन्ड यतिमा भएको छैटौं साधारणसभाबाट प्रथप उपाध्यक्ष आप्पा शेर्पा, द्धितिय उपाध्यक्ष अनुभव श्रेष्ठ, कार्यसमिति सदस्यहरू क्षितिज तामाङ, इच्छा मल्ल, निर्दोष द्वा, सौरभ श्रेष्ठ, वेदिका मुरारका, सन्दीप शर्मा, सुरक्षा अधिकारी, सन्तोष पाण्डे र निखिल अग्रवाल निर्वाचित भएको मञ्मद्धारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।
नव-निर्वाचित अध्यक्ष अभिमन्यु गोल्छाले संगठनको उत्कृष्ट परम्परालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । मञ्चका नवनिर्वाचित पदाधिकारीहरूले उद्यमशीलता प्रवर्द्धन गर्न, नेपालका युवा र महिलाका लागि अवसर सिर्जना गर्ने विषयमा आआफ्नो भूमिकालाई प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिबद्धता जनाए ।
प्रार्थना साखःको अध्यक्षतामा भएको कार्यक्रममा युवा र महिला उद्यमशीलता प्रवर्द्धन गर्ने विभिन्न कार्यक्रमहरू आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल युवा उद्यमी मञ्च स्टार्टअप अवार्ड, महिला उद्यमी सम्मान कार्यक्रम, नेपाल युवा उद्यमी मञ्च जुनियर उद्यमशीलता कार्यक्रम र विभिन्न नेटवर्किङ कार्यक्रम आयोजना गरिएको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.