राष्ट्र बैंकले आइतबार ८ अर्ब ८६ करोडको विकास ऋणपत्र बिक्री गर्दै

  २०७४ कार्तिक ८ गते १६:३७     विकासन्युज

काठमाडौं । सरकारका लागि नेपाल राष्ट्र बैंकले ८ अर्ब ८६ करोड रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आउदो आइतबार केन्द्रीय बैंकले बोलकबोल मार्फत “विकास ऋणपत्र २०८२ क” बिक्री गर्ने भएको हो ।

८ वर्ष अवधिको विकास ऋणपत्र बोलकबोल प्रक्रियाबाट बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

ऋणपत्रको ब्याज दर बोलकबोलको माध्यमबाट निर्धारण हुने छ । ऋणपत्र धितो राखी कर्जा लिन/दिन पाइने व्यवस्था गरिएको छ । निष्कासन आउदो सोमबार हुने छ । ऋणपत्रको साँवा भुक्तानी ०८२ कात्तिक १३ गते हुने केन्द्रीय बैंकले जानकारी दिएको छ ।

चालु आवमा सरकारले विभिन्न वित्तीय उपकरणमार्फत १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । यसमध्ये ७२ अर्ब रुपैयाँ विकास ऋणपत्रमार्फत उठाउने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.