नेपालमा गरिबको संख्या दोब्बर बढाउँदै विश्व बैंक, दैनिक ३२० रुपैयाँ नकमाउने नेपाली स्वतः गरिब

  २०७४ कार्तिक ८ गते १२:०८     बाबुराम खड्का

काठमाडौं । विश्व बैंकले आउदो वर्षदेखि कार्यन्वयनमा ल्याउन लागेको नयाँ मापदण्डअनुसार नेपालमा गरिवीको संख्या ह्वातै बढ्ने देखिएको छ ।

विश्व बैंकले हालै तयार पारेको गरिवीको नयाँ मापदण्डले नेपालमा गरिवीको रेखामुनीको संख्या दोब्बर बढ्ने देखाएको हो । विश्व बैंकले गरिवीको मानक स्तर बढाएर ग्रामीण क्षेत्रमा दैनिक ३.२० डलर अर्थात ३२० रुपैयाँ र सहरी क्षेत्रमा ५.५ डलर अर्थात ५५० रुपैयाँ भन्दा कम आम्दानी गर्नेलाई गरिवीको रेखामुनी भनेको छ ।

सन् २०११ मा बैंकले तयार पारेको मानकले दैनिक १.९ डलर अर्थात १९० रुपैयाँ भन्दा कम आम्दानी गर्नेलाई मात्र गरिवीको रेखामुनी भनिएको छ । गरिवीको नयाँ मानक आउदो सन् २०१८ देखि लागु हुदै छ ।

बैंकले हाल एउटै मापदण्ड लागु गरेकोमा नयाँ मानकअनुसार सहर र गाँउ भनेर छुट्याएको छ ।बैंकले क्रयशक्ति (पीपीपी) लाई आधार मानेर आम्दानीको मापदण्ड तयार गर्दे आएको छ ।

हाल नेपालमा गरिवीको रेखामुनी रहेको संख्या २१.६ प्रतिशत छ । यो प्रति दिन आम्दानी १.९ डलरको आधारमा तयार पारिएको हो । मापदण्ड बढाएर न्युनतम ३.२० डलर पुगेपछि गरिवीको संख्या बढ्ने निश्चित देखिएको हो । गरिवीको मानक तयार विश्व बैंकले गर्दे आएको छ ।

अर्थशास्त्री डा. शंकर शर्मा विश्व बैंकले तयार पारेको दैनिक आम्दानीको मापदण्डले नेपालमा पनि गरिवीको रेखामुनी रहेको जनसंख्या बढ्ने बताउछन् । पहिला खाद्यन उपभोगको आधारमा तयार पारिएको आम्दानी प्रविधिको प्रयोग र विकासले मापदण्ड बढाएको उनको ठहर छ ।

पछिल्लो एक दशकमा देशमा गरिवीको रेखामुनी रहेका जनसंख्य घटेपनि आर्थिक समृद्ध भने प्राप्त नभउको उनको तर्क छ । १० वर्षको आर्थिक वृद्धि दर औसत ४ प्रतिशत रहेको शर्मा बताउछन् । बैंकले पहिला उपभोगको आधारमा दैनिक आम्दानीको मापदण्ड तयार गर्दे आएकोमा अहिले प्रविधि, सडक विस्तारलगायत विकासले गर्दा विश्व बैंकले आम्दानीको नयाँ मापदण्ड बनाएको उनको भनाई छ ।

पछिल्लो समयमा गरिएको अध्ययनअनुसार नेपालको प्रदेश नम्बर १ मा १५.७, २ मा २२.४५, ३ मा २०.३३, ४ मा २०.५३, ५ २५.८६, ६ मा ३८.३१ र ७ मा ४०.८ प्रतिशत जनसंख्या गरिवीको रेखामुनी रहेको देखाएको छ । मुलुकको कुल ग्रास्थ उत्पादन अनुसार प्रतिव्यक्ति वार्षिक ९१ हजार रुपैयाँ नाघेको छ ।

यस्तै २९ वटा धनी मुलुकमा दैनिक आम्दानी औसत २१.७० डलर तोकिएको छ । विश्व बैंकका अनुसार ३२ मध्यम आय भएको मुलुकमा दैनिक आम्दानी ३.२१ डलर छ । यस्तै ३२ मध्य आय भन्दा बढी भएका मुलुकको प्रतिदिन आम्दानी ४.४८ डलर तोकिएको छ । आगामी सन् २०३० सम्म गरिवीको गरिवीको रेखामुनी रहेका जनसंख्यालाई माथि ल्याउने विश्व बैंकको योजना ल्याएको छ ।

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.