नेपाल हाइड्रो डेभलपर्सले ६.८ मेगावाटको चर्नावती आयोजना बनाउने

  २०७४ कार्तिक ७ गते ९:१७     विकासन्युज

काठमाडौं । सर्वसाधारणको सेयर लगानी रहेको नेपाल हाइड्रो डेभलपर लिमिटेडले अर्को ६.८ मेगावाटको तल्लो चर्नावति आयोजना निर्माण गर्ने भएको छ ।

साढे ३ मेगावाटको चर्नावती आयोजना सम्पन्न गरी सञ्चालन गरिरहेको नेपाल हाइड्रोले सोही खोलामा अर्को आयोजना निर्माण गर्न लागेको हो । नदीको बहावमा आधारित (रन अफ दी रिभर ) आयोजना निर्माणका लागि कम्पनीले पहिलो चरणमा प्रारम्भीक वातावरणीय परीक्षण अध्ययन सुरु गर्न लागेको छ ।

आयोजना दोलखाको भिमेश्वर नगरपालिका र सैलुङ गाउँपालिकामा पर्छ । आयोजनाको बाँध भिमेश्वर र सैलुङमा पर्छ । आयोजनामा हाइड्रो सलुसन्स समूह, केएल दुगड ग्रुप, मुरारका समूह र देवेन्द्र समूहको लगानी रहेको छ ।

कम्पनीले ३ लाख ९० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गरिसेको छ । कम्पनीको चूक्तापूँजी २६ करोड रुपैयाँ छ ।
यसअघि आयोजना प्रभावित स्थानीयका लागि २ करोड ६० लाख रुपैयाँ बराबरको २ लाख ६० हजार कित्ता शेयर निष्काशन गरी गरिसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.