लोक दर्शन रेग्मी मुख्य सचिव, युवराज भुषाल पुननिर्माण प्राधिकरणको सिइओमा नियुक्त

  २०७४ कार्तिक ६ गते १२:११     विकासन्युज

काठमाडौं । सरकारले गृह सचिव लोकदर्शन रेग्मीलाई मुख्य सचिव नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले गृह सचिव रेग्मीलाई मुख्य सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । मुख्य सचिवको दौडमा रहेका ङइन्द्र प्रसाद उपाध्याय र शंकर कोइरालालाई पछि पार्दै रेग्मीले मुख्य सचिव पद सुरक्षित गरेका हुन् ।

यसैबिच, राष्ट्रिय पुननिर्माण प्राधिकरणको सिइओमा युवराज भुषाल नियुक्त भएका छन् । डा. गोबिन्दराज पोखरेलले निर्वाचन लड्न राजीनामा गरेपछि सोमबारकै मन्त्रिपरिषद बैठकले भुषाललाई सिइओ नियुक्त गरेको हो । काँग्रेस नेता रामचन्द्र पौडेलका सम्धि समेत रहेका भुषालले यस अघि पनि प्राधिकरणको सिइओ बन्ने प्रयास गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.