बजारमा तरलता बढी भएपछि राष्ट्र बैंकले बुधबार ५ अर्ब उठाउदै

  २०७४ असोज ३० गते १६:४५     विकासन्युज

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अधिक भएपछि नेपाल राष्ट्र बैंकले फेरी बजारबाट ५ अर्ब रुपैयाँ उठाउने भएको छ ।

राष्ट्र बैंकले आउदो बुधबार बोलकबोलबाट बैंकिङ प्रणालीमा बढी भएको रकम रिभर्स रिपोमार्फत उठाउन लागेको हो ।

बैकिङ प्रणालीमा लगानीयोग्य पुँजी बढी भएपछि केन्द्रीय बैंकले तरलता प्रशोचन गर्दे आएको छ । राष्ट्र बैंककाअनुसार बैकिङ प्रणालीमा अझै ४२ अर्ब रुपैयाँ बढी तरलता रहेको छ ।

एक साताका लागि प्रशोचन गरिएको तरलता कात्तिक ८ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।

यसअघि ३० दिने निक्षेप संकलन उपकरणमार्फत ४ पटक बजारबाट १६ अर्ब रुपैयाँ उठाइ सकेको छ । रिभर्स रिपोको ब्याज दर बोलकबोलबाट निर्धारण गर्ने राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले बैकिङ प्रणालीमा तरलता अभाव भयो भने विभिन्न वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाउने र बढी भए खिच्ने गर्छ ।

बजारमा पर्याप्त तरलता भएपछि बैंकले कर्जा र निक्षेपको ब्याज दर घटाएका छन् । कर्जाको ब्याज दर न्युनतम् १० देखि बढीमा १२ प्रतिशतसम्म छ । यस्तै मुद्धती निक्षेपको ब्याज दर पनि घटेर ६ प्रतिशत भन्दा तल झरेको बैकर्सले बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.