नबिल बैंकद्धारा महानगरीय प्रहरीलाई ईलेक्ट्रोनिक सामाग्री सहयोग

  २०७४ असोज २७ गते १६:१४     विकासन्युज

काठमाडौं । नबिल बैंकले महानगरीय प्रहरी बृत्त दरबारमार्गलाई सहयोग स्वरुप ईलेक्ट्रोनिक डिजिटल डिस्प्ले बोर्ड र एलइडी टेलिभिजन हस्तान्तरण गरेको छ । उक्त सामाग्रीहरु प्रभावकारी सीसीभी मनिटरिङ र सामाजिक जागरुकता बढाउने सन्देशहरु प्रसारण गर्नका लागि प्रदान गरेको बैंकले जनाएको छ ।


असोज २६ गते बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले उक्त सहयोग बृत्तका प्रहरी नायब उपरिक्षक तिलक भारतीलाई हस्तान्तरण गरेका हुन् ।

नबिल बैंकले आर्थिक वर्ष २०७३/७४ मा बैंकिङ उद्योगमै ३ अर्ब ६१ करोड उच्चतम मुनाफा गर्न सफल भएको र शेयरमा आम्दानी २६.६५ प्रतिशत र प्रति सेयर आम्दानी ५८ रुपैयाँ ४१ पैसाका साथ आफ्नो वासलात विस्तार गर्दै १ खर्ब ४० अर्ब रुपैयाँ पु¥याएको छ । गत आर्थिक वर्षको मुनाफाबाट ३० प्रतिशत बोनश शेयर र १८ प्रतिशत नगद लाभांश गरी जम्मा ४८ प्रतिशत लाभांशको घोषणा गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.