बैंकमा संस्थागत निक्षेप ४८ प्रतिशत, सर्वसाधारणकाे बचतमा अझै व्याज बढाउन बैंकहरु माथि दवाव

  २०७४ असोज ११ गते ७:२३     विकासन्युज

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको कुल निक्षेप मध्ये करिब आधा मात्र व्यक्तिगत बचत रहेको छ । बैंकिङ क्षेत्रमा कुल २४ खर्ब १० अर्ब ३८ करोड रुपैयाँ मध्ये १२ खर्ब ७६ अर्ब १६ करोड रुपैयाँ व्यक्तिगत निक्षेप रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

कुल निक्षेपकाे ४८ प्रतिशन बचत संस्थागत रहेकाे छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलार्इ संस्थागत निक्षेप ४५ प्रतिशतमा झर्न निर्देशन दिएकाे छ । समग्र वित्तीय प्रणालीमा नै ४८ प्रतिशत निक्षेप संस्थागत भएकाेले बैंकहरूलार्इ संस्थागत निक्षेप ४५ प्रतिशतभन्दा कम बनाउन र सर्बसाधारणकाे निक्षेप ५५ प्रतिशत भन्दा माथि लैजानु चुनाैतिपूर्ण काम भएकाे छ । सर्वसाधारण निक्षेपकर्तालाई अझै व्याज बढाउन बैंकहरु माथि दवाव पर्ने देखिएको छ ।

गत साउनमा मात्रै ७ अर्ब रुपैयाँ बढी व्यक्तिगत निक्षेप थपिदा पनि संस्थागत निक्षेपकाे हिस्सा उच्च देखिएकाे छ ।

साउन मसान्तसम्ममा बीमा कम्पनी, कर्मचारी संचय कोष र नागरिक लगानी कोषको गरी ३ खर्ब ५३ अर्ब ९४ करोड रुपैयाँ बैंकिङ प्रणालीमा छ । विदेशी निक्षेप ९६ अर्ब रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

सरकारी संस्थानको २ खर्ब ४५ अर्ब ९५ करोड, गैरसरकारी संस्थाको १ खर्ब ९३ अर्ब ८० करोड, अन्तर बैंक निक्षेप ८१ अर्ब र गैरनाफा मुलक संस्थाको ८९ अर्ब ४१ करोड रुपैया निक्षेप रहेको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ०.१ प्रतिशत मात्र बढेको थियो । वार्षिक बिन्दुगत आधारमा ०७४ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १५.३ प्रतिशतले बढेको छ ।

०७४ साउनमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ७.८, ३५.३ र ४३.२ प्रतिशत छ । अघिल्लो वर्र्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.५, ४३.८ र ३०.५ प्रतिशत थियो ।

निक्षेप बढेपछि बजारमा तलरताको अवस्थामा सुधार आएको छ । तरलता बढी भएपछि राष्ट्र बैंकले रिर्भस रिपोमार्फत ६ अर्ब रुपैयाँ बजारबाट उठाइसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.