भाइबरबाट मोबाइलमा फोन गर्दै हुनुहुन्छ ? पाँच लाख रुपैंयाँ जरिवानामा परिएला

  २०७४ असोज १० गते १०:०१     विकासन्युज

काठमाडौं । के तपाई भाइबरबाट मोबाइल वा ल्याण्ड लाइनमा फोन गर्दै हुनुहुन्छ ? सावधान ! पाँच लाख जरिवानामा परिएला । नेपालमा भाइबरबाट मोबाइल र ल्याण्डलाइन फोनमा कल गर्नुलाई भिओआइपी जस्तै अबैध मानिन्छ । भाइबरबाट मोबाइल र ल्याण्डलाइन फोनमा कल गर्नुलाई प्राबिधिक भाषामा भाइबर आउट भनिन्छ र यसले राजश्व छल्नुका साथै नेपाली मुद्रा अनधिकृत रुपमा विदेशिन्छ ।

त्यसैले नेपालमा भाइबरका प्रयोग कर्ताहरुमाथी नेपाल दुर सञ्चार प्राधिकरणले निगरानी अघि बढाएको छ । प्राधिकरणले सार्वजनिक सूचना निकालेरै कारवाहीको चेतावनी दिएको हो । ‘भाइबरको प्रयोग गरेर इन्टरनेट कल मात्रै गर्न पाउने व्यवस्था छ तर भाइबरबाट मोबाइल र ल्याण्डलाइनमा समेत फोन गरिएको उजुरी परेको छ, यसले राजश्वमा नोक्सानी पुग्ने र नेपाली मुद्रा अनधिकृत रुपमा विदेशीने देखिएपछि हामीले निगरानी बढाएका हौं’, नेपाल दुर सञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले भने ।

उनले भाइबर आउट पनि भिओआइपी जस्तै अबैधानिक भएकाले सचेत रहन उपभोक्ताहरुलाई आग्रह पनि गरे । भाइबर आउटको रिचार्जका लागि विदेशमा पैसा पठाउनुपर्ने भएकाले पनि सबैले सचेत हुनुपर्नेमा जोड दिए । भाइबर आउट गरेमा विगो बमोजिमको जरिवाना र अधिकतम ५ लाखसम्म तिनुपर्ने कानुनी व्यवस्था रहेको छ । नेपालमा भाइबर आउट सेवाका लागि इसेवाले काम गरिरहेको छ ।
इसेवाले आफ्नो अकाउण्टबाट क्रेडिट कार्डबिनै भाइबर आउटका लागि पैसा तिरिदिँदै आएको छ । इसेवाको आफ्नो वेभसाइटमा पनि भाइबर आउटको रकम तिर्ने सुबिधा रहेको जानकारी राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.