नबिल बैंक ‘सर्वोतकृष्ट व्यवस्थित वाणिज्य बैंक’ घोषित, ३ अर्ब ६१ करोड रुपैयाँ मुनाफा

  २०७४ असोज ९ गते १९:३८     विकासन्युज

काठमाडौं । नबिल बैंक “चौथो न्यूबिज बिजनेश कन्क्लेभ अवार्ड २०१७” मा “सर्वोतकृष्ट व्यवस्थित वाणिज्य बैंक –२०१७”बाट सम्मानित भएको छ ।

गत शुक्रबार नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर बिजय नाथ भट्टराईले राजधानीमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सशीन जोशीलाई सो पुरस्कार हस्तान्तरण गरेका छन् ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत जोशीले भने, ‘प्रतिष्ठित पुरस्कार प्राप्त गर्नु बैंकको लागि अत्यन्त गौरवको विषय हो र यस सम्मानबाट सम्मानित हुनु बैंकले विषम आर्थिक तथा बजार अस्थिरताका बावजुद प्राप्त गरेको उत्कृष्ट सफलता साथै बैंकले अबलम्बन गरेका विवेकशिल अभ्यासहरु र आफ्ना सरोकारवाला र्निदिष्ट सोचहरुको सहि मुल्याङ्कनको स्पष्ट प्रमाण हो ।’

आर्थिक बर्ष २०७३/७४मा बैंकले बैंकिङ उद्योगमै ३ अर्ब ६१ करोड रुपैयाँ उच्चतम मुनाफा गर्न सफल भएको र शेयरमा आम्दानी २६.६५ प्रतिशत र प्रति शेयर आम्दानी ५८.४१ रुपैयाँका साथ आफ्नो वासलात विस्तार गर्दै १ खर्ब ४० अर्ब पुर्‍याएको छ । गत आर्थिक बर्षको मुनाफाबाट ३० प्रतिशत बोनस शेयर र १८ प्रतिशत नगद लाभांश गरी जम्मा ४८ प्रतिशत लाभांशको घोषणा गरेको छ र बैंकको साधारण सभा यहि असोज १० गतेका लागि तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.