एनआरएनको अध्यक्षमा भवन भट्टको उम्मेदवारी घोषणा

  २०७४ भदौ ३१ गते १४:२६     विकासन्युज

काठमाडौं । गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएन) को अध्यक्षमा उद्यमी भवन भट्टले उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएनको उपाध्यक्ष समेत रहेका भट्टले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने जानकारी दिएका हुन् ।

एनआरएनले गर्न बाँकी काम आफनो कार्यकालमा पुरा गर्ने उनले जानकारी दिए । आगामी असोज २८ गते एनआरएनको सम्मेलन काठमाडौमा हुने छ ।

भट्टले आफु अध्यक्ष भएपछि वैदेशिक रोजगारी आपतकालिन कोषलाई सदुपयोग गरी एनआरएनमा आवद्ध वैदेशिक रोजगारीमा रहेका नेपालीको बीमा गराउने घोषणा गरेका छन् । एनआरएनमा महिला फोरमलाई अझ बढी सशक्त बनाउने, स्टार्टअप फण्डको व्यवस्थाका साथै सामाजिक उद्यमशिलतालाई प्रवद्र्धन र महिला र युवाको सहभागितामा बढाउने उनले घोषणा गरेका छन् ।

यसैगरी लाप्राक नमूना वस्ती, एनआरएन भवन निर्माण, भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोण्ड, सामूहिक लगानी परियोजनाको निर्माण, अतिथि देवोभव, वैदेशिक रोजगार कोषको विस्तार, वौद्धिक पलायनलाई रोक्ने र वाहिरिएकालाई स्वदेशमा फर्काउन पहल गर्ने योजना सार्वजनिक गरेका छन् । नेपालमा सञ्चार, मदिरा, होटल र शिक्षालगायत पुर्वाधारको क्षेत्रमा भट्टको लगानी रहेको छ ।

एनआरएनको समेत लगानी भएको काठमाडौं, कुलेखानी हेटौडा सुरुङ मार्गको निर्माणमा उनले जोड दिएका छन् । सरकाले आयोजनाको लाइसेन्स खारेज गर्न लागेको विभिन्न सञ्चार माध्यममा आएको समाचारमा सत्यता नरहेको उनले स्पष्टपारे । उनले सो आयोजना अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.