हिमालयन बैंकले दियो ६ नेपाली फेलोलाई एचबिएल-दायित्व फेलोसिप अवार्ड

  २०७४ भदौ २९ गते १९:०६     विकासन्युज

काठमाडौं । हिमालयन बैंक लिमिटेडले यस वर्ष नेपाली फेलोहरुलाई एचबिएल—दायित्व फेलोसिप अवार्ड २०१७ प्रदान गरेको छ ।

यी फेलोहरुले नेपालको आर्थिक समृद्धिको लागि विभिन्न सरकारी निकायहरु तथा नीति निर्माताहरुसँग सहकार्य गरी शासन प्रणालीमा नवीनता ल्याउन सहयोग पुर्‍याउने बैंकले जानकारी दिएको छ।

बैंकले सन् २०१६ देखि ६ जना नेपाली फेलोहरुलाई यो अवार्ड प्रायोजन गर्दै आइरहेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समसेर ज.ब.रा. ले बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक समारोहमा अवार्ड प्रायोजन वापतको ५ लाख ४ हजार रुपैयाँ दायित्वका कार्यकारी निर्देशक डा. पुकार मल्ललाई प्रदान गरेका छन् ।

सोही अवसरमा दायित्वका तर्फवाट कार्यकारी निर्देशक डा. मल्लले बैंकका प्रमुख कार्यकारी अधिकृत राणालाई बैंकले फेलोसिप सञ्चालनका लागि गर्दै आइरहेको महत्वपूर्ण सहयोगको लागि प्रशंसा पत्र प्रदान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.